Home » » मुक्तक मधुरिमा (2069-11-10/ 21- 02-2013) Download

मुक्तक मधुरिमा (2069-11-10/ 21- 02-2013) Download

Written By https://mohanbihani.blogspot.com/ on Friday, February 22, 2013 | 7:57 AM


Muktak Madhurima

Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-11-10/ 21- 02-2013) 


आज मिति 2069-11-10 तदनुसार21 feb 2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक मधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक मधुरिमाका साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen HERE

Download : Click Here to Download

२०६९-११-१० गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................

01-मोहन रावल अनमोल 'अस्तु' मुक्तक
फूलहरू पनी मग-मगाउँन थालेकाछन्...!!
माहुरीहरूले प्रित लगाउँन थालेकाछन्...!!
पलपल सम्झना पठाउँछौ रात-बिरात...!
अचेल यादहरूले जगाउँन थालेकाछन्...!!
-मोहन रावल अनमोल 'अस्तु'
बान्नातोली पाचँ अछाम
हाल-क्षितीज पारिबाट

02-Prem Dhami Chhetri
म त तिम्रो सधै भलो हित चाहाने मान्छे।
अझै भनौँ अजर अमर प्रित चाहाने मान्छे।।
के गरेर खुसी हुन्छ्यौ त्यही गर्न तयार छु म
आफु हारि बरु तिम्रै जित चाहाने मान्छे।।।।
प्रेम धामी
दहबगर छ बझाङ
हालःकपन,काठमाण्डौ

03-Nabaraj Dhakal Nabodit
मेरो ब्यथा नजिकबाट बुझ्छ्यौ र त आफ़्नै लाग्छ ।
देउता सम्झि नित्य मलाई पूज्छ्यौ र त आफ़्नै लाग्छ ।
भुलाई सारा दुख दर्द जिंदगानी भोगाइका
ममताले अधर मेरा चुम्छ्यौ र त आफ़्नै लाग्छ ।
Pathari,morang

04-Arpan Chhetri
एकान्त सम्झी सम्झी टॊलाउछु म अचेल
सपनिमा तिम्रै नाम बॊलाउछु म अचेल
छाडी तिम्ले साथ मेरॊ काट्यौ नौ डाडा
याद भुलाउन भट्टी तिरै झॊलाउछु म अचेल
-अर्पन छेत्री
दमक,झापा
हाल-जॊहॊरबारु , मलेशिया

05-Jaya Bhabuk
शीशीर संगै वशन्तको सुरूवात हुदै छ!
जीवन भिर संगै वाच्ने यही बात हुदै छ!
कोही रमाउदै खुसीहुदै बढ्छन् अगाडी,
कसैको जीवनमा यहॉ बज्रपात हुदै छ!
जयराम िव.क. [{(जयॉ भॉवुक )}]
धधवार 7 बर्िदया
हाल मलेिसया....जोहोर...

06-Bishnu K Gautam एउटा ठट्यौलि मुक्तक है दाजु
मुक्तक
स्याउ जस्तै टोक्न मन छ,गाला तरुनिका
कस्तो होला पाउडर बिना,छाला तरुनिका
धोद्रो भाको रुख पनि,टम्म हुन्छ बाहिर बाट
त्यस्तै त हो हैन र ओ चाला तरुनिका
बिष्णु गौतम
मल्म -4,बाग्लुङ
हाल:बुटवल

07-Ram Sharan Shrestha
प्रेमको हिरासतमा राख्छौ कतिन्जेल ।।
म्याद थप झनझन माग्छौ कतिन्जेल ।।
हुन्छ या हुँदैन यति फैसला गरिदेउ
पर्खाएर मलाई सधै ढाँट्छौ कतिन्जेल ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
मुक्तक मधुरिमाका आजसम्मका सबै श्रृखलाहरु चिसापानी नेपाल र मुक्तक मधुरिमा ब्लगबाट सुन्न र डाउनलोड गर्न सकिन्छ ।
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
and
www.muktakmadhurima.blogspot.com

08-अन्जान श्रेष्ठ अभागी
सम्झिएन न भन्नु है शिला दिदी ।।
आउने दिन न गन्नु है शिला दिदी ।।
आउने मन त धेरै थियो आउन
सकिन दुखि न बन्नु है शिला दिदी ।।
अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा
हाल india

09-Anuragi Binod Gaire
मेरो मुक्तक मधुरिमा को पहिलो उपस्थिति हो।
जस्तो छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै यो सानो मुक्तक. . . . . . .
मनैभरि राखेको छु तिम्रो माया सधैँभरि॥
बन्ने मन छ मलाई तिम्रो छायाँ सधैँभरि॥
तिम्रै मनको फुलबारिको मालि बनि सधैँ,
घुमु लाग्छ तिम्रै दायाँ बायाँ सधैँभरि॥
अनुरागि बिनोद
पकवादि-2स्याङ्जा
हाल क्षितिजको देशबाट

10-तपाई कै भाई छोरो साथी एस पि माथवर
ठेगाना~ दाङ देउखुरि गंगाप्रस्पुर हाल दोहा कतार
प्रस्ताव राख्न प्रेम दिवस कुर्नु पर्दैन ।
ज्योतिष बाको चिना नक्षत्र जुर्नु पर्दैन
हास्नुस उनि हास्दा रुनुस उनि रुदामा ।
मोहनि लाग्ने जालि मन्तर फुर्नु पर्दैन॥

11-Lokendra Pun
उसको पिडाले म,मरेर बाँचेको छू
दु:ख को सागर,तरेर बाँचेको छु
पिडा र चोटहरू,सहने बानि भयो
चोटै चोट ले मुटु,भरेर बाँचेको छु
-लोकेन्द्र "बर्षाद",
डाँडागाउँ-4चाईपाटा जाजरकोट हाल:मलेशिया केलाङ्ग

12-निस्चल प्रेमी कान्छा
मेरो नगर बस्तिमा भुलेर जादैछौ रे
हजार भिड गस्तिमा खुलेर जादैछौ रे
देखे तिम्रो चेहेरा सपना सजाएथे
मोज अनी मस्तिमा डुलेर जादैछौ रे
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई भारत

13-साहित्यप्रेमी कपिल लामिछाने
किन नाता तोडेर जानु भयो!!
दुई मुटु जोडेर जानुभयो!!
के स्वार्थ थियो हजुरको,
आज मलाई छोडेर जानुभयो!!

14-ß-kash Neupane
परिवर्तन भा'को, रैछौ र त झनक्क रिसाउछौ म सँग,
पिरती अन्तै ला'को, रैछौ र त झनक्क रिसाउछौ म सँग,
बिकाश को त्यो माया गराइ मन नपरेर होला नि तिम्ले,
......लाई अपना'को, रैछौ र त झनक्क रिसाउछौ म सँग,
● बिकाश न्यौपाने● ©
Simara Bara,
Now:-Uae

15-तिलक निष्कर्ष
पिरतीको लठठायाई मा मदहोस थियो
थाहा भयन उ भित्र के को जोश थियो
साचो माया हो भन्दै चौतारीमा भेटथियो,
आज रुदै छ उसको बिश्वासमा दोष थियो
रत्ननगर ७

>गीत >एकादेशमा माया गर्ने एउटा मुटु थियो , त्यहि देशमा धोका दिने अर्को मुटु थियो
त्यहि धोकाले गर्दा खेरि देशै आँसु भयो ........नरेन्द्र प्यासीको आवाजमा .........

16-Aamod Pramod
आयो गयो प्रेम दिवस तर कोहि भेटिएन
लेखु भने प्रेम पत्र तर लेखिएन
चिहाउदै थिए यताउता देखिन्छौ कि भनि
खोजिरहे मनको साथि तर देखिएन
-तिम्रो मनको शितल (आमोद-प्रमोद)
बाग्लुङ,कुश्मिशेरा

17-Mohan Bihani
सम्झि राछु तिम्ले गर्ने सवाल दिनदिनै।
आराम भा छ नदुखेर कपाल दिनदिनै
टाढा नजीक हुनुमा भिन्नै मजा रैछ
दिन बित्छ सुमसुम्याउदै रुमाल दिनदिनै।

18-श्रीकान्त कहेराज़
कुर्ची कै तानातान मा फसेको छ देश
त्यसैले त स्थिर भई बसेको छ देश
बेरोजगारी,लोडसेडिंग, अन्य यस्तै पिडामा,
नेतृत्व अभाब खाडलमा फसेको छ देश
कृष्णमन्दिर चोक


19-Raju Poudel
आजभोलि सारंगिको धुन मन पराउछु ।
एकानतमा एक्लै बसि रून मन पराउछु ।
आकासमा अनगिनति ताराहरु हुदाहुदै ।
थाहा छैन किन मैले जुन मन पराउछु ।
-राजु पौडेल,
रूद्र्पुर रुपनदेहि,
दोहा कतार

20-Rai Munkmen Ramesh मुक्तक
छैन कुनै देशमा सुधार छैन
सुधार गर्ने कै सु-बिचार छैन
यस्तै लाग्न थाल्यो मलाइ हजुर
जन्ताको हित चाहने सरकार छैन
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद...

21-Saroj Dhital
फागुन 7मा एउटा झण्डा हल्लाउँदैमा के हुन्छ र¿?
फोस्रा नारा लोकतन्त्रको चलाउँदैमा के हुन्छर?
ग्याँस डिजेल पेट्रोलको भाउ बढिरहेको छ..
हेरी मर्न आकासमा फल फलाउँदैमा केहुन्छ र?
डाँछी 3 काठमाडौ

22-Jyoti Khatiwada Anischit
निरक्षर ऊ शिक्षक भयो कसरी
कानुनमिच्ने रक्षकमा गयो कसरी
न्यायलयमा न्याय कसरी हुन्थ्यो होला
न्यायप्रमुख माओपक्षक रयो कसरी
-ज्योति अनिश्चित झापा ।

23-बाबु देवकोटा
याद दिलाइस ए पवन।
सब नसा पिलाइस ए पवन।
तेरै कारण ले हु यसो भाको,
पागलझै हिडाइस ए पवन।
DIKRA BAABU DEVKOTA
अछाम, कुइका
हाल बैङलोर

24-Shanti Adhikari मुक्तक
रुदै शरण परे भने के गर्छौ नि तिम्ले ।
अन्तै बसाई सरे भने के गर्छौ नि तिम्ले ।।
अनेक गर्छ यो मायाले थाह त होला नि ।
तिम्रै कारण मरे भने के गर्छौ नि तिम्ले ।।
-शान्ति अधिकारी
बाँके

25-Rockiron Ganesh
तिम्ले चाए जती सबै सबै पुग्ने भए।
जिन्दगीका बाँधाहरु आफै फुक्ने भए।
किन चाहिन्थ्यो र यो आकाश धर्ति?
तिम्रो नयनिमा मेरो जीवन लुक्ने भए।
Rockiron Ganesh

26-Bhupendra Bc मुक्तक'
आई लभ यु' भन्नु मात्र होईन नानी प्रीत ।
'दुलही कसैको' बन्नु मात्र होईन नानी प्रीत ।
प्रीत के हो ? साँचो दिल साटेर हेर आफैं,
'अरुको भनाई' गन्नु मात्र होईन नानी प्रीत ।
-भुपेन्द्र (बिपिन) बिसी
बिकाशनगर, कोहलपुर बाँके

27-Artimus Siru
फाटेको मन सिउनु के अर्थ छर !
लास झैँ भई जिउनु के अर्थ छर !!
धाने कै छु प्राण नशा कै मात झैँ !
तिम्लाई सम्झी पिउनु के अर्थ छर !!
सुमित्रा अधिकारी
गोरखा

28-Bikalpa Babu मुक्तक
बरमाला उनिलाई, लगायो कसैले
त्यो खाली सिउँदो, सजायो कसैले
हे समाउँछस् कति, अभागी पुर्पुरो
भनेरै झन आज...... रुवायो कसैले
-बिकल्प बाबु
गितानगर 1,चितवन 

29-Ashish Danai मुक्तक
मेरै भुल थियो त्यो !
सोचेँ फूल थियो त्यो ।
कती सम्झेर बस्नु ?
हो फजुल थियो त्यो ।।
-आशिष दनाई
बेसिशहर लमजुङ
२०६९-११-०४

30-Padam Kumar Lungeli
छोडिदेऊ अब भत्केका ति शहरका कुरा
गर्व मै तुहिएर झरेका ति रहरका कुरा
आखिर गन्तब्य अलगै थिएछ त हाम्रो
भयो नसम्झ बितेका ति प्रहरका कुरा
-पदम कुमार लुङ्गेलि
ईटहरि, सुनसरी
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger